नेपाल एयरलाइन्सका पाइलटहरू फर्किए काममा
वि.सं.२०८१ मंसिर १२ बुधवार १५:४५
3.58K
shares
shares

काठमाडौं, १२ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलटहरू काममा फर्किएका छन् ।
सेवा सुविधाको माग गर्दै बिरामीको बहाना बनाएर पाइलटहरू हडतालमा उत्रियका थिए । तर सरकारसँग सहमति भएपछि उनिहरू काममा फर्किएका हुन् ।
पाइलटले उठाएका सेवा सुविधाका विषयमा वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयको तर्फबाट भएको छ । यसमा पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको समन्वयमा काम हुनेछ ।















