माउन्टेन इनर्जीको लाभांश घोषणा
वि.सं.२०८१ मंसिर १८ मंगलवार ११:००
2.04K
shares
shares

काठमाडौं, १८ मंसिर । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् । कम्पनीले सो लाभांशका लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म शेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले बोनस शेयर पाउने छन् । सोमबार बजार बन्द हुँदा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७१९ रुपैयाँ छ ।



















