Dhulikhel Eco Banner new

बजेट संशोधनको माग गर्दै विराटनगरका उद्योगीद्धारा विरोध

4.42K
shares

काठमाडौं, २६ जेठ । बजेट संशोधनको माग गर्दै विराटनगरका उद्योगीद्धारा विरोध प्रदर्शनमा उत्रिएका छन् ।

बजेट हितमा नभएको भन्दै बिराटनगरका उद्योगी व्यवसायीले आन्दोलन सुरु गरेका छन् ।

आन्दोलनको पहिलो चरणमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ (सिएनआई)को प्रदेश नम्बर १ सहित ४ वटा ट्रेड युनियनले सांकेतिक बिरोध प्रदर्शनका साथै कोण सभा गरेका हुन् ।

उद्योग व्यवसायका सम्बन्धमा आगामी आर्थिक वर्षको बजेटमा गरिएका व्यवस्थाले सिमित उद्योगलाई समर्थन गर्दा सयौं उद्योगहरु बन्द हुने भन्दै उनीहरुले कर्मचारी तथा मजदुरहरुलाई वैकल्पिक रोजगारीका लागि आग्रह समेत गरे ।

शान्तीपूर्ण रुपमा सुरु गरिएको बिरोध कार्यक्रमबाट समस्याको हल नभएका कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।