Dhulikhel Eco Banner new

प्रतितोला २ हजार १ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.31K
shares

काठमाडौं,२५ मंसिर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा १ लाख ५० हजार १ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा २ हजार १ सयले बढेर तोलामा १ लाख ५२ हजार २ सय रुपैयाँमा कायम भएको हो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । सोमबार तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ९२५ रुपैयाँमा कायम भएको छ ।