महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा
वि.सं.२०८१ पुस १ सोमवार १०:३८
2.33K
shares
shares

काठमाडौं, १ पुस । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनी हाल कायम चुक्ता पूँजीको आधारमा लाभांश दिने निणर्य गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको कुल ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको हाल चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ छ।
बैंकको पुस १ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।



















