Dhulikhel Eco Banner new

महानगरले एसियन रेज मेडिकेयर सेन्टरलाई तिरायो ५० हजार जरिबाना

2.39K
shares

काठमाडौं, ३ पुस । काठमाडौं महानगरपालिकाले जथाभावी मेडिकलजन्य फोहोर फालेको भन्दै एसियन रेज मेडिकेयर सेन्टरलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

मेडिकलजन्य फोहोर जथाभावी फालेको भन्दै मेडिकेयर सेन्टरका प्रतिनिधि मनोजराज गुरूङलाई महानगर प्रहरी बलले जरिबाना तिराएको हो ।

महानगरले चिकित्साजन्य फोहोरलाई वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्न अनुरोध गर्दै आइरहेको छ ।