शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ पुस ८ सोमवार १५:२४
1.98K
shares
shares

काठमाडौं, ८ पुस । शेयर बजारमा ४ अर्ब ४३ करोडको कारोबार हुदा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १८ करोड ८४ लाख कारोबार भएको छ ।
यसदिन जोशी हाइड्रोपावरको ११ करोड ७६ लाख कारोबार भएको छ भने मोलुङ हाइड्रोपावरको ११ करोड ५९ लाख कारोबार भएको छ ।
त्यसैगरी सपोर्ट माइक्रोफाइनान्सको ९ करोड ९२ लाख कारोबार भएको छ भने रिभर फल्स पावरको ९ करोड ५२ लाख कारोबार भएको छ ।



















