उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ माघ ९ बुधवार १५:२४
shares

काठमाडौं, ९ माघ । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५२.३६ अंकले बढेर २,६६५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९ अर्ब २० करोडको कारोबार भएको हो ।
हरियाली छाएको शेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.२१ प्रतिशतको दरले गुमाएका छन् ।
यसदिन बिओके डिबेन्चरका लगानीकर्ताले ६.९४ प्रतिशतका दरले गुमाएका छन् भने रिभर फल्सका लगानीकर्ताले ५.६५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी हिमालयन बैंक बन्डका लगानीकर्ताले २.९९ प्रतिशतका दरले गुमाएका छन् भने विन लघुवित्तका लगानीकर्ताले २.८१ प्रतिशतका दरले गुमाएका छन् ।



















