Dhulikhel Eco Banner new

ई-सेवाबाट १ करोड रकम चोरी पक्राउ

2.99K
shares

काठमाडौं, ३ वैशाख । फिसिङ लिंकको माध्यमबाट ई-सेवाबाट १ करोड २ लाख रुपैयाँ बराबर रकम चोरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति कञ्चनपुर घर भई हाल काठमाडौँको अनामनगरमा बसोबास गर्ने २२ वर्षीय राहुल बुढा हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले मंगलबार उनलाई कालिमाटीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत ‘तपाईंको खाता बन्द हुन सक्नेछ’ भन्ने प्रकारको चेतावनी दिई फिसिङ लिंक पठाउँथे । सो लिंक खोली आफ्नो विवरण भर्नेबित्तिकै उनी पीडितको ई-सेवा खातामा अनाधिकृत पहुँच पुर्‍याउँथे।

उनले यसै तरिकाले ४ हजारभन्दा बढी व्यक्तिहरूको ई-सेवामा रहेको मौज्दात रकम चोरी गरेर ‘पशुपति ग्लोबल इनोभेसन प्रा.लि.’ नामक कम्पनीका खातामा जम्मा गर्दै आएको खुलासा भएको छ । चोरी गरिएको रकमको १ करोड २ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान र कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।