Dhulikhel Eco Banner new

राष्ट्र बैंकले ३ अर्ब १४ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

1.6K
shares

काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा ३ अर्ब १४ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले मंगलबार सूचना प्रकाशित गर्दै राष्ट्र बैंकका विभिन्न कोषमा रहेको रकममध्ये ३ अर्ब १४ करोड २ लाख रुपैयाँ बैंकहरुको निक्षेपका रूपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले उक्त लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई जेठ २२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा २ अर्ब ५१ करोड २२ लाख रुपैयाँ, विकास बैंकहरूमा ४७ करोड १० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा १५ करोड ७० लाख रुपैयाँ मुद्दति निक्षेप गर्नेछ। उक्त लगानी २०२५ जुन १७ देखि २०२६ जुन १७ सम्म ३६६ दिनको अवधिका लागि हुनेछ।