Dhulikhel Eco Banner new

नागरिक लगानी कोष र हिमालयन बैंकबीच शेयर प्रत्याभूति सम्झौता

1.63K
shares

काठमाडौं, ८ असार । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडद्वारा ल्याउन लागिएको थप सार्वजनिक निष्कासन (एफपिओ) को शेयर प्रत्याभूति गर्ने भएको छ।

यस सम्बन्धमा आइतबार कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाबीच औपचारिक रूपमा सम्झौता भएको हो।

सम्झौताअनुसार हिमालयन बैंकले जारी गर्न लागेका ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्नेछ। उक्त सम्झौता सम्झौता भएको मितिबाट तीन महिनासम्म प्रभावकारी रहनेछ।

यो सम्झौतासँगै शेयर निष्कासन प्रक्रिया थप सुनिश्चित हुने विश्वास लिइएको छ। कोष र बैंकबीचको सहकार्यले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ।