Dhulikhel Eco Banner new

नेपालबाट कुचो निर्यातमा गिरावट, ११ महिनामा १ अर्ब ९ करोडको मात्र निर्यात

3.59K
shares

काठमाडौं, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनामा नेपालले १ अर्ब ९ करोड १३ लाख २४ हजार रुपैयाँ बराबरको अम्रिसो कुचो निर्यात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो।

गत आर्थिक वर्ष २०८०/८१ मा सोही अवधिमा १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको कुचो निर्यात भएको थियो, जुन एक दशक यताकै उच्च निर्यात मूल्य थियो। चालु वर्षमा भने निर्यात घट्दै १ अर्ब ९ करोडमा सीमित भएको देखिन्छ।

विभागका अनुसार चालु आवमा नेपालबाट १ करोड ४२ लाख ९७ हजार किलो अम्रिसो कुचो भारत निर्यात भएको छ। यसअघि आर्थिक वर्ष २०७९/८० मा पनि भारतमै १ अर्ब रुपैयाँ बराबरको कुचो निर्यात गरिएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा ६९ करोड ९८ लाख रुपैयाँको कुचो भारत निर्यात भएको थियो भने २०७७/७८ मा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँ बराबरको कुचो भारत र बंगलादेशमा निर्यात भएको थियो।

२०७७/७८ मा बंगलादेशमा मात्र ५६ लाख ३७ हजार रुपैयाँ बराबरको २ लाख ३२ हजार ६ सय किलो कुचो निर्यात भएको थियो भने बाँकी ६५ करोड ३१ लाख ७६ हजार रुपैयाँको कुचो भारतमा निर्यात भएको तथ्यांकमा उल्लेख छ।