नेपालमा ५ करोड रुपैयाँभन्दा बढीको चिउरा आयात, भारतबाट मात्र १२ लाख केजी
वि.सं.२०८२ साउन ६ मंगलवार १३:०९
2.72K
shares
shares

काठमाडौं, ६ साउन । नेपालले गत आर्थिक वर्ष २०८१/८२ मा ५ करोड ५ लाख ९९ हजार रुपैयाँ बराबरको चिउरा आयात गरेको छ। भन्सार विभागको वार्षिक तथ्यांकअनुसार, चिउरा सबैभन्दा बढी भारतबाट १२ लाख १६ हजार केजी आयात गरिएको हो।
भारतबाट चिउरा आयात गर्दा नेपाल सरकारले ७२ लाख रुपैयाँ बराबरको भन्सार महसुल संकलन गरेको छ।
त्यस्तै, नेपालले भुजाको आयात पनि भारत र इन्डोनेसियाबाट गरेको छ। भारतबाट १८ हजार केजी भुजा, जसको मूल्य १० लाख ६७ हजार रुपैयाँ बराबर छ, आयात गरिएको छ भने इन्डोनेसियाबाट १० केजी भुजा ल्याइएको छ।



















