Dhulikhel Eco Banner new

रिड्डारा आरडी६ अब नौ लाख नब्बे हजारमै

1.5K
shares

काठमाडौं, ११ साउन । सीजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा नेपाली बजारमा विद्युतीय पिकअप रिड्डारा आरडी६ को नयाँ योजना सार्वजनिक गरेको छ। अब ग्राहकले मात्र ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा यो अत्याधुनिक इभी पिकअप आफ्नो बनाउन सक्ने भएको हो। कम्पनीले यस अफरमार्फत विद्युतीय सवारीलाई अझ सुलभ, भरपर्दो र सुविधासम्पन्न बनाउन लक्ष्य लिएको छ।

कम्पनीका अनुसार रिड्डारा आरडी६ मा ६३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । एकपटक चार्जमा ३७७ किलोमिटर दूरी तय गर्न सक्छ। २०० किलोवाट पावर र ३८५ न्युटन मिटर टर्क दिने सिंगल इलेक्ट्रिक मोटर यसमा प्रयोग गरिएको छ। गीलीको एमएपी प्लेटफर्ममा आधारित यो गाडीमा ‘इन्डिपेन्डेन्ट सस्पेन्सन’ रहेको छ । नेपाली सडकमा सहज र आरामदायी यात्रा सुनिश्चित गर्छ।

गाडीमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक तथा गाडीबाटै अन्य उपकरण चार्ज गर्न सकिने ‘भी टु एल’ सुविधा पनि छ। कम्फर्ट, इकोनोमी र अफ–रोड मोडसहित ३ वटा ड्राइभिङ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र ६६ प्रतिशत हाइ स्ट्रेन्थ स्टिलले बनेको बडी यसका अन्य विशेषता हुन्।

सीजी मोटर्सले यो अफर अन्तर्गत आकर्षक क्यासब्याक, निःशुल्क एसेसोरीहरू र ३ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्रदान गर्ने जनाएको छ।

देशभर सहज चार्जिङ र सेवाको पहुँचका लागि कम्पनीले २६० भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ। चीनमा इभी पिकअप सेग्मेन्टमा अग्रणी ब्रान्ड बनेको रिड्डारा आरडी६ अब नेपालमा पनि व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका लागि भरपर्दो र भविष्यमुखी विकल्पको रूपमा प्रस्तुत गरिएको छ।