Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट

1.37K
shares

काठमाडौं, १२ साउन । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लि.बीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले दाँत उपचार सेवामा विशेष छुट पाउने भएका छन्।

सम्झौतापछि ग्राहकले कान्तिपुर डेन्टलका विभिन्न शाखाहरूमा उपचार गराई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। जनरल हस्पिटल सेवाहरूमा १५ प्रतिशत, फिजिओथेरापी, आई ग्लास र जनरल डेन्टल सेवामा १० प्रतिशत र विशेष डेन्टल उपचार सेवामा ७ प्रतिशत छुट प्रदान गरिनेछ।

उक्त छुट काठमाडौंको जोरपाटी, सतुंगल, पोखराको न्युरोड, चितवनको भरतपुर र बुटवलको तिलोत्तमा भल्वारीस्थित शाखाहरूमा उपलब्ध हुनेछ।

ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड तथा एप प्रयोग गरी डिजिटल भुक्तानी गर्दा मात्र छुट प्राप्त हुनेछ। बैंकले यो सहकार्यले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गराउने र डिजिटल भुक्तानी प्रवर्द्धनमा योगदान पुग्ने विश्वास लिएको छ।