नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ साउन २० मंगलवार १४:३२
1.82K
shares
shares

काठमाडौं, २० साउन । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले १० जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ९४ हजार ८७० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।
तोकिएको मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त शेयर बिक्री गरिने संस्थाले जनाएको छ ।
















