Dhulikhel Eco Banner new

अर्थमन्त्री र नाइमा अध्यक्षका लागि सिट व्यवस्थापन : ‘विशेष सम्मान’को नाममा अपमान !

4.68K
shares

काठमाडौं, २० साउन । नाडाबाट विभाजन भएर बनेको नाइमाद्वारा आयोजित ‘नाइमा माेविलिटी एक्स्पो २०८२’ को उद्घाटन समारोहमा भएको सिट व्यवस्थापनले आयोजकको गम्भीर असंवेदनशीलता उजागर गरेको छ ।

आर्थिक वर्षको सुरुआतसँगै आयोजना गरिएको यस एक्स्पोले गम्भीर प्रश्न उठाएको छ—के नेपालका आयोजनाहरू अझै पनि औपचारिकता, आडम्बर र ‘भीआईपी सस्तो लोकप्रियता’ मै सीमित छन् ?

यो पनि पढ्नुहोसः नाइमा एक्स्पोको उद्घाटन समारोहको विजोग, सय जनाको पनि छैन उपस्थिति (फोटोफिचरसहित)

कार्यक्रम बिहान ८ः३० मा सुरु हुने भनिए पनि ९ः३० बजेसम्म उद्घाटन हुन सकेन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल आउँदासम्म हल सुनसान थियो । मन्त्री आउनासाथ सहभागिताको संख्या राम्रै देखिए पनि त्यसअघिको दृश्य भने सुरुदेखि नै लज्जास्पद रह्यो ।

‘विशेष अतिथि र अध्यक्ष’ को नाममा ‘पृथक’ बनाइयो
आयोजकले अर्थमन्त्री र नाइमा अध्यक्षका लागि मञ्चअगाडि केवल दुई वटा कुर्सी छुट्याएका थिए। उनीहरू ठीक अगाडिको लहरमा, अरू सबै सहभागीहरूभन्दा अलग राखिएका थिए । दोस्रो पंक्तिमा अन्य गन्यमान्य व्यक्ति—व्यवसायी, नीति निर्मातादेखि विज्ञसम्म थिए ।

यसले अर्थमन्त्रीजस्ता जिम्मेवार सार्वजनिक व्यक्तिलाई अन्य सहभागीहरूसँग संवाद, दृष्टि सम्पर्क र सम्मानको आदानप्रदानबाट टाढा राख्यो । अर्काे कोणबाट हेर्दा, मन्त्री र अध्यक्षले शेष उपस्थितिलाई ‘ढाड फर्काएर’ बस्नुपर्ने अवस्था सिर्जना भयो—जसले समारोहको गरिमाभन्दा अपमान झल्कायो ।

यो पनि पढ्नुहोसः नाइमा एक्स्पोको उद्घाटन समारोहको विजोग, सय जनाको पनि छैन उपस्थिति (फोटोफिचरसहित)

नाटकजस्तो ’सम्मान’स् सम्मान होइन, अलगाव थियो

कार्यक्रम आयोजकको दृष्टिकोणमा ‘विशेष सम्मान’ देखिए पनि त्यसले सार्वजनिक जीवनका प्रतिनिधिहरूलाई जनताबाट टाढा बनाउने संस्कार झल्काउँछ । यस्तो सिट व्यवस्थापनले सहभागिता होइन, विभाजन र दूरी सृजना ग¥यो ।

एक्स्पो जस्ता आयोजनाले निजी क्षेत्र, सरकार र जनताको सहकार्यलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने मूल मर्म विपरीत, यो कार्यक्रम सस्तो शान प्रदर्शनमा सीमित देखियो ।

नाइमा जस्तो संस्था र अर्थ मन्त्रीको उपस्थिति भएको कार्यक्रममा यति आधारभूत व्यवस्थापन गल्ती हुनु केवल लापरवाही होइन—दिगो सोचको अभाव हो । यस्ता दृश्यहरूले एक्स्पोहरूलाई ’फेस्टिवल’ होइन, ‘फ्लप’ बन्ने जोखिमतर्फ धकेल्छन् ।