Dhulikhel Eco Banner new

नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

2.73K
shares

काठमाडौं, २ असोज । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि पच्चीस लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।

उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सन् १९९३ मा ३० शैयाको सानो स्वास्थ्य संस्था स्वरूप स्थापना भएको नर्भिक हाल २०० शैयाको बहु विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा रहेको छ। अस्पतालले आगामी दिनमा शय्या संख्या ३०० पुर्‍याउने योजनासहित स्तरोन्नतिको प्रक्रिया अघि बढाइरहेको छ।

नर्भिक इन्टरनेशनल हस्पिटल नेपालको मात्र नभई अन्तर्राष्ट्रिय बिरामीहरूका लागि समेत एक विश्वासिलो गन्तव्य बन्दै आएको छ। अत्याधुनिक पूर्वाधार, उन्नत चिकित्सा प्रविधि र उच्चस्तरीय सेवा प्रदान गर्दै आएको अस्पतालले काठमाडौंमै विश्वस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएको छ। शेयर निष्काशनको मिति र मूल्य निर्धारण लगायतका थप विवरणहरू चाँडै सार्वजनिक गरिने जनाइएको छ।