नेरुडे मिर्मिरेमा लफडा कायमै, अध्यक्षको सपथ नै रोकियो
वि.सं.२०८२ असोज ३ शुक्रवार ०९:५२
shares

काठमाडौं, ३ असोज । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा लफडा हुनु कुनै नयाँ कुरा होइन । तर पछिल्लो समय नयाँ कार्यसमिति बनेपछि भने केही शान्त हुने अपेक्षा गरिए पनि लफडा कायमै देखिएको छ ।
तर कर्मचारीहरुले नै लफडा गरिरहेका छन् भने माथि सञ्चालकहरुले समेत लफडा गरिरहेका छन् । भदौ ६ गते अध्यक्ष तोकिए पनि सञ्चालकको लफडाका कारण सपथ हुन सकेको छैन । साविकका नेरुडेतिरबाट मनि अर्याल र मिर्मिरेका तर्फबाट सञ्चालक बनेका टेकबहादुर बोहराले संस्थामा बखेडा झिकेर आतंक मच्चाएका छन् ।
संस्थाका उच्च व्यवस्थापन तहका कर्मचारीहरुले दिएको जानकारी अनुसार यो लफडा अझै लामै समय चल्नेछ ।



















