Dhulikhel Eco Banner new

नेपाल बैंकको ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा

2.41K
shares

 

काठमाडौं, ४ पुस । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ प्रवर्द्धन तथा ब्राण्ड प्रवद्र्धनको उद्देश्यसहित ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ।

बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीलाई लक्षित गरी सेवा प्रदायक फोन पेमेन्ट इन्टरनेशनल प्रा.लीको सहकार्यमा सञ्चालन गरिएको यो अभियान २०८२ साल पुस महिनाभर लागू हुनेछ। अभियान अवधिभर नेपाल बैंकको एनबिएल मोबाइल बैंकिङ एप मार्फत रु. २०० वा सोभन्दा बढी रकमको मोबाइल टप–अप गर्ने ग्राहकहरूमध्ये ८० जनालाई लक्की ड्रमार्फत छनोट गरी प्रतिव्यक्ति रु. १०० का दरले बोनस प्रदान गरिने बैंकले जनाएको छ। बोनस प्राप्त गर्ने ग्राहकको घोषणा अभियान अवधि समाप्त भएपछि गरिनेछ।

यस अभियानले डिजिटल बैंकिङ सेवाको प्रयोगलाई प्रोत्साहन गर्नुका साथै बैंकको डिजिटल कारोबार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ एटीएम तथा ६१ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले पछिल्लो समय ग्राहक सेवामा व्यापक सुधार गर्दै आधुनिक बैंकिङ प्रविधिको प्रयोगमार्फत प्रतिस्पर्धी बैंकको रूपमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै आएको छ।

बैंकका अनुसार हाल करिब १० लाख ग्राहकले डिजिटल माध्यमबाट बैंकिङ सेवा लिँदै आइरहेका छन् र यसबाट उनीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।