प्रतितोला १ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ पुस ६ आइतवार ११:०८
shares

काठमाडौं, ६ पुस । स्थानीय बजारमा आइतवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला २ लाख ६० हजार ४ सयमा कारोबार भएको सुनको मुल्य आइतवार १ सयले घटेर तोलामा २ लाख ५८ हजार ३ सयमा कायम भएको हो ।
त्यस्तै, आइतवार चाँदीको मुल्य पनि १०० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आइतवार तोलामा ४ हजार १ सय ५ रुपैयाँमा कायम भएको छ ।
















