Dhulikhel Eco Banner new

बैंकर्स संघका अध्यक्ष उपाध्याय आज भियतनाम उड्दै

11.02K
shares

काठमाडौं, २ साउन । बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय आज भियतनाम जादैछन् । कृषि विकास बैंकको प्रतिनिधित्व गर्दै उनी भियनामतर्फ प्रस्थान गर्न लागेका हुन् ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष उपाध्यायसहित बैंकका लुम्बिनी प्रदेश प्रमुख र साना तथा मझौला विभागीय प्रमुख समेत भियतनाम जान लागेका हुन् ।

एशिया प्यासिफिक रुरल एण्ड एग्रिकल्चर क्रेडिट एसोसिएसन (अप्रका) को एक्ज्युकेटिभ मिटिङ (कार्यकारीहरुको बैठक) मा सहभागी हुनेछन् । कृषि विकास बैंक अप्रकाको सदस्य संस्था हो ।

सन् १९९४ मा स्थापना भएको अप्रकामा १६ देशका २९ संस्थाहरु सदस्य छन् । बैठकमा सबै संस्थाका कार्यकारी प्रमुखहरु सहभागी हुने कार्यक्रम रहेको छ ।