GBIME

नेपाली केटी चाहिन्छ ? भन्दै म्यासेज पठाएर बैंक खाता ह्याक गरेको आरोपमा ८ जना पक्राउ

1.5K
shares

काठमाडौं, २० माघ । नेपाली केटी चाहिन्छ ? भन्दै म्यासेज बठाएर अरुको बैंक अकाउन्ट ह्याक गरी रकम निकालेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटकी रविना चौधरी, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र भारतीय नागरिक अवधेशकुमार रहेका छन् ।

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकको खाता ह्याक गरी विभिन्न व्यक्तिका नामका इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको भन्ने उजुरी पछि अनुसन्धानका क्रममा उनीहरुले संगठित रुपमा नै ठगी गर्ने गरेको पाइएको ललितपुर प्रहरीले जनाएको छ ।

उनीहरुले ‘नेपाली केटी चाहिन्छ ?’ भन्दै मोबाइलमा म्यासेज पठाएर बैंक अकाउन्ट ह्याक गर्ने गरेको प्रहरीको दाबी छ । उनीहरुले आफैंले एप बनाएर २० जना भन्दा धेरैलाई ठगेको प्रहरीको भनाइ छ ।