Dhulikhel Eco Banner new

६३ प्रतिशतले घट्यो मिर्मिरे लघुवित्तको नाफा

4.1K
shares

काठमाडौं, २७ वैशाख । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको चैत मसान्तको तुलनामा ६३.८३ प्रतिशतले नाफा घटेको हो ।

लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घटेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.०२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४९.९२ प्रतिशत घटेको छ ।

त्यसैगरी लघुवित्तको कुल सञ्चालन आम्दानी २९.७५ प्रतिशत र सञ्चालन मुनाफा ६३.८३ प्रतिशत घटेको छ । लघुवित्तको निष्क्रिय कर्जा १.९४ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ ९४ पैसा घटेर १४ रुपैयाँ २१ पैसामा झरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.८२ गुणा रहेको छ ।

६५ करोड ३३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३७ करोड ५० लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा लघुवित्तले ७ अर्ब ७९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ८ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।