महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर
वि.सं.२०८१ माघ ९ बुधवार १३:०६
shares

काठमाडौं, ९ माघ । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एमआइएस अफिसर एक जना बैंकको केन्द्रीय कार्यालयमा र जुनियर एसिस्टेन्स पदको लागि सातै प्रदेशमा केही संख्यामा कर्मचारी माग गरेको हो।
एमआइएस अफिसरको हकमा व्यवस्थापन वा आइटी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। एमआइएस अफिसर कम्तीमा चार वर्षको बैंकिङ अनुभव भएको तथा कम्तीमा दुई वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको हुनु पर्नेछ।
जुनियर एसिस्टेन्सको हकमा व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। दुवै पदको लागि स्नातकमा कम्तीमा सेकेन्ड डिभिजन भएको हुनु पर्नेछ।
जुनियर एसिस्टेन्सका इच्छुक आवेदकले बैंक तथा वित्तीय संस्थामा बिएफआई इन्टर्नशिप पूरा गरेको वा बैंकिङ सम्बन्धी तालिम प्राप्त गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।



















