Dhulikhel Eco Banner new

बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौं महानगरपालिकामा निवेदन

2.24K
shares

काठमाडौं, ९ माघ । काठमाडौं महानगरपालिकामा ४ अर्ब ४९ करोड रुपैयाँ बचत रकम फिर्ताको लागि पहल गरिदिन भन्दै निवेदन परेको छ ।

बुधवार महानगरपालिकाले अनुसन्धान र कारवाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका ६,२६६ बचतकर्ताले हकारी विभागमा सो निवेदन दिएका हुन् ।

बचतकर्ताले सहकारी संस्थाहरूबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागदावी गरेका हुन् ।