Dhulikhel Eco Banner new

राष्ट्र बैंकका निर्देशक डा. पोखरेल कार्यकारी निर्देशकमा बढुवा

2.13K
shares

काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले उनलाई कार्यकारी निर्देशक पदमा बढुवा गरेको हो।

इलाममा जन्मिएका डा. पोखरेल करिब २० वर्षअघि नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका थिए। उनले आफ्नो लामो सेवाकालमा बैंकको विभिन्न महत्वपूर्ण विभागहरूमा जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी गभर्नरको कार्यालयमा कार्यरत छन्। यसअघि उनी राष्ट्र बैंकका सूचना अधिकारीको रूपमा पनि कार्यरत थिए। त्यसअघि आर्थिक अनुसन्धान विभागमा समेत उनले योगदान पुर्‍याएका थिए।

डा. पोखरेलको बढुवाले राष्ट्र बैंकको नेतृत्व तहमा अनुभवी र दक्ष जनशक्तिको सशक्त उपस्थिति कायम भएको छ भन्ने विश्वास लिइएको छ।