Dhulikhel Eco Banner new

नयाँ टाटा पन्च ईभीको अफर आज अन्तिम, भोलिदेखि मूल्य बढ्ने

975
shares

काठमाडौं, ३१ साउन । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ पन्च ईभीमा दिएको विशेष अफर आजदेखि सकिँदैछ।

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा सार्वजनिक गरिएको नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले भने ३२ लाख ९९ हजार रुपैयाँमा गाडी खरिद गर्न सक्नेछन्।

आज एक्स्पोको अन्तिम दिन भएकाले १ लाख रुपैयाँको विशेष मूल्य लाभ प्राप्त गर्ने अवसर पनि आजसम्म मात्र रहेको कम्पनीले जनाएको छ। भोलिबाट नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ।

एक्स्पोमा पन्च ईभी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ।

नयाँ पन्च ईभी अत्याधुनिक ‘एक्टि.इभी’ प्लेटफर्ममा आधारित छ। यो ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालको बाटोमा गरिएको परीक्षणअनुसार यसले एकपटक फुल चार्ज गर्दा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

गाडीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५C DC फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसजस्ता सुविधा छन्।