नेपाल आइपुग्यो सिएरा.इभी, नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै
वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३०
shares

काठमाडौँ, ४ भदौ । भारतीय अटोमोबाइल बजारमा उत्कृष्ट सफलता हासिल गरेको बहुप्रतीक्षित सिएरा.इभी नेपाली बजारमा आइपुगेको छ। उत्कृष्ट प्रदर्शन, अत्याधुनिक प्रविधि र आकर्षक फ्युचरिस्टिक डिजाइनका कारण चर्चामा रहेको यो विद्युतीय एसयूभीलाई आगामी नाडा अटो शो २०२६ मा नेपाली उपभोक्तामाझ औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ।
भदौ १० देखि १५ गतेसम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शोमा सिएरा.इभीलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिनेछ। नेपालमा सार्वजनिक हुनुअघि नै यो मोडललाई लिएर अटोप्रेमी तथा विद्युतीय सवारीसाधनमा रुचि राख्ने उपभोक्तामाझ उत्सुकता बढेको छ।
आफ्नो सेग्मेन्टमा अत्याधुनिक प्रविधि, प्रिमियम सुविधा र विशिष्ट डिजाइनको संयोजन प्रस्तुत गर्ने सिएरा.इभीले नेपाली विद्युतीय सवारी बजारमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ। भारतीय बजारमा बिक्री तथा बुकिङमा उल्लेख्य सफलता हासिल गरेको यो मोडलले नेपालमा पनि राम्रो बजार प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
नेपाली सडकको अवस्था र आधुनिक चालकको आवश्यकतालाई ध्यानमा राख्दै सिएरा.इभीलाई प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्ने गरी तयार गरिएको छ। दमदार सडक उपस्थिति, उत्कृष्ट ब्याट्री रेन्ज, आधुनिक प्रविधि र मजबुत निर्माण यसको प्रमुख विशेषताका रूपमा रहनेछन्।
सिएरा.इभीको आगमनसँगै नेपाली विद्युतीय एसयूभी बजारमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। विशेषगरी प्रिमियम विद्युतीय सवारीसाधनप्रति नेपाली उपभोक्ताको आकर्षण बढिरहेका बेला यो मोडलले बजारमा नयाँ विकल्प थप्नेछ।
नाडा अटो शोमा सिएरा.इभीलाई प्रत्यक्ष अवलोकन गर्न तथा यसको डिजाइन, प्रविधि र विशेषताबारे जानकारी लिन सकिनेछ। नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ सम्भावना बोकेको यस मोडलको सार्वजनिकलाई लिएर अटोप्रेमीहरूमा अहिले नै उत्साह बढेको छ।
सिएरा.इभीको औपचारिक सार्वजनिकसँगै यसको मूल्य, विभिन्न भेरियन्ट, उपलब्धता तथा अन्य प्राविधिक विवरणसमेत सार्वजनिक हुने अपेक्षा गरिएको छ।















