प्रभु बैंकका ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट पाउने
वि.सं.२०८२ जेठ २५ आइतवार १२:००
shares

काठमाडौं, २५ जेठ। प्रभु बैंक लिमिटेड र जिरीस्थित प्रतिष्ठित होटल यार्शाबीच एक विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शामा कोठा बुकिङमा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउने भएको हो।
होटल यार्शा जिरी नगरपालिकाको सुन्दर र शान्त वातावरणमा अवस्थित एक प्रमुख होटल हो। सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा चिनिने जिरीलाई पर्यटकीय दृष्टिले अझ प्रोत्साहित गर्न यो अफर ल्याइएको जनाइएको छ।
प्रभु बैंकले आफ्ना सेवा प्रयोगकर्तालाई थप सुविधा दिन तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन यो सहकार्य गरेको बताएको छ। बैंकले ग्राहकहरुलाई गुणस्तरीय सेवा किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्य राखेको छ।
जिरी प्राकृतिक सौन्दर्य, स्वच्छ हावा र शीतल मौसमको लागि चर्चित गन्तव्य हो। पदयात्रा, पारिवारिक घुमघाम तथा रोमाञ्चक अनुभव खोज्ने यात्रुहरूको लागि जिरी एक उपयुक्त विकल्पका रूपमा रहेको छ।


















