इआइए स्वीकृत परियोजनामा जलविद्युत्को दबदबा
वि.सं.२०८३ साउन ७ बिहीवार १६:१८
shares

काठमाडौं, ७ साउन । कृषि, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२र८३ मा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआईए० प्रतिवेदन स्वीकृत गरेको छ। यस अवधिमा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन, छ वटा पूरक इआईए प्रतिवेदन तथा नौ वटा परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि स्वीकृत भएका छन्।
मन्त्रालयका अनुसार सात आयोजनालाई वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएको छ भने १५ आयोजनाले पूरक अध्ययनको अनुमति प्राप्त गरेका छन्। साथै पाँच आयोजनाको म्याद थप गरिएको छ र छ आयोजनालाई जरिवाना गरिएको छ।
स्वीकृत इआईएमध्ये अधिकांश जलविद्युत् आयोजना रहेका छन्। तीमध्ये ९० मेगावाटको मर्स्याङ्दी अर्धजलाशययुक्त, २७० मेगावाटको भेरी–१ अर्धजलाशययुक्त, ३४१ मेगावाटको बूढीगण्डकी, ९१।१५ मेगावाटको बूढीगण्डकी नदी, ३५ मेगावाटको माथिल्लो अप्सुखोला, ८८ मेगावाटको रोल्वालिङ, ३० मेगावाटको माथिल्लो दूध खोला तथा ३४।३९ मेगावाटको सुपर बूढीगण्डकी जलविद्युत् आयोजना रहेका छन्।
पूरक इआईए स्वीकृत भएका आयोजनामध्ये पनि सङ्खुवा खोला, सिम्बुवा खोला र मनाङ मर्स्याङ्दीलगायत अधिकांश जलविद्युत् आयोजना छन्।
परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका आयोजनामा सुपर तमोर, माथिल्लो बलेफी, तिनाउ खोला, रोल्वालिङ खोला, बलेफी खोला, कालीगण्डकी गर्ज तथा २०१ मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजना समावेश छन्।
यसैगरी, लप्सीफेदी–रातामाटे, रातामाटे–न्यू हेटौंडा, रातामाटे–न्यू दमौली, न्यू दमौली–न्यू बुटवल र न्यू बुटवल–नेपाल–भारत सीमा ४०० केभी डबल सर्किट प्रसारण लाइन तथा रातामाटे, न्यू दमौली र न्यू बुटवल ४०० केभी सबस्टेशनको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि स्वीकृत भएको मन्त्रालयले जनाएको छ। यी आयोजना एमसिए–नेपालमार्फत निर्माण भइरहेका छन्।


















