Dhulikhel Eco Banner new

कहिले सकिन्छ मन्त्री निवास निर्माणको कार्य ? प्रगति ७५ प्रतिशत, डेढ महिना समय बाँकी

5.77K
shares

काठमाडौं, १६ भदौ । समयमा काम सम्पन भएको भए ललितपुरको भैंसेपाटीमा रहेको मन्त्री निवास आवतजावत गर्नेको चलहलपह निकै हुन्थ्यो । साइरन जडिट सवारी साधनको प्रयोग गरेर संघीय सरकारका मन्त्रीहरु त्यहाँबाट सिंहदरबार आउने जाने गरिरहेका हुन्थ्ये ।

तर तोकिएको समयमा काम सम्पन्न नहँदा अहिले पनि मन्त्रीहरु पुलचोकमा रहेको पुरानै मन्त्री निवासबाट कार्यालय आउने जाने गरिरहेका छन् । सरकारले संघीय सरकारका २४ जना मन्त्रीहरुका लागि भनेर ललितपुरको भैंसेपाटीमा आवास निर्माण गर्ने गरी २०७६ कात्तीकमा ठेक्का सम्झौता गरेको थियो ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का भएको यो निर्माण कार्य तीन वर्ष पुग्नै लाग्दा पनि जम्मा ७५ प्रतिशत मात्रै काम भएको विशेष भवन निर्माण आयोजनाका प्रमुख मच्छेकाजी महर्जनले जानकारी दिए । उनका अनुसार अहिले भवन निर्माणका कार्यहरु सकिएका छन्, करिब ७५ देखि ८० प्रतिशत कार्य सकिएको छ । मन्त्री निवास निर्माणको कार्य २०७८ सालको कात्तिकमा सक्ने गरी श्रीहनुमा जेभिसँग सम्झौता भएको थियो । २०७६ सालको कात्तिक २७ गते सम्झौता भएर २०७८ सालको कात्तिक १४ गते निर्माण सम्पन्न गर्नु पर्ने थियो । तर कोरोनालाई काराण देखाएर समय थप गरियो ।

थप गरिएको ६ महिनाको समय पनि ग्रुजियो निर्माणले पूर्णता पाएन् । पहिलो पटक थपिएको समय सकिए पछि पुनः ६ महिनाका लागि समय थप भएर अहिले निर्णाको काम भइरहेको छ । दोस्रो पटक थपिएको सयम सकिने पनि अब डेढ महिना मात्रै बाँकी रहेको छ ।

७५ प्रतिशत कार्य सकिएको भन्दै बाँकी रहेको काम डेढ महिनामा सक्ने गरी काम भइरहेको विशेष भवन निर्माण आयोजनाका प्रमुख महर्जनले बताए । ‘अहिले भवन निर्णाको कार्य सकिए छ, रंगरोगनको कार्य पनि भइरहेको छ, निर्धारीत समयमै सक्ने गरी काम भइरहेको छ,’ उनले भने । केही समय अपुग भएमा पुनः समय थप गर्नु पर्ने अवस्था आउने सक्ने पनि उनको भनाइ छ ।

कोरोनाको कारण ८ महिना काम नभएको निर्माण कम्पनीको दाबी छ । तर अहिले दुई पटक गरी १२ महिनाको समय पुरा भइसकेको छ । तर यो समयमा पनि निर्माण कार्य सम्पन्न हुने सम्भावना न्यून रहेको छ ।

संघीय सरकारका २४ जना मन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष तथा प्रतिनिधि सभाका उप सभामुखको समेत निवासका रुपमा निर्माण हुन लागेको यो आवश क्षेत्र ९६ रोपनी १० आनामा निर्माण भइरहेको छ । यो आवास भित्र २७ वटा भवन सहित आवश्यक पर्ने सबै पूर्वाधार निर्माण गरिने छ ।

आवाश क्षेत्री भित्र सभाहल, जिमखाना, हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, स्विमिङपुल लगायतका संरचनाहरु हुने छन् । अहिले मन्त्री निवास रहेको पुलचोकको आवश क्षेत्र साँघुरो भएको भन्दै सरकारले नयाँ मन्त्री निवास बनाउने निर्णय गरेको थियो । यो आवाश क्षेत्रको निर्माणका लागि १ अर्ब ३ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।