Dhulikhel Eco Banner new

निर्जीवन बीमा कम्पनीको व्यवसाय ३९ अर्ब बढी, कुन कम्पनीको व्यवसाय कति ?

4.33K
shares

काठमाडौं, ३० साउन । एक आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्बभन्दा बढीको व्यवसाय गरेका छन् । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको तथ्यांक अनुसार २० वटा बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ३९ अर्ब १६ करोड ९९ लाख ८९ हजार रुपैयाँको व्यवसाय गरेका हुन् ।

बीमा समितिको तथ्यांक अनुसार एक आर्थिक वर्षमा सबैभन्दा धेरै व्यवसाय गर्ने निर्जीवन बीमा कम्पनीमा शिकर इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले एक आर्थिक वर्षमा ५ अर्ब बढीको व्यवसाय गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ९२ लाख २२ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै यो अवधिमा सगरमाथा इन्स्योरेन्सको व्यवसाय ३ अर्ब १० करोड ६३ लाख ४३ हजार रुपैयाँको रहेको छ । यता नेको इन्स्योरेन्सले २ अर्ब ८५ कराड ३८ लाख २५ हजार रुपैयाँको व्यवसाय गरेको देखिएको छ ।

एक वर्षको अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ५८ करोड ५७ हजार रुपैयाँको व्यवसाय गरेको छ । त्यस्तै दि ओरिउन्टल इन्स्योरेन्सले १ अर्ब ४४ करोड १८ लाख ९३ हजार, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ६४ करोड ७१ लख ८७ हजार, नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले ९ करोड ६६ लाख ४ हजार रुपैयाँको व्यवसाय गरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

यता हिमालयन इन्स्योरेन्स कम्पनीले २ अर्ब ६१ करोड ५ लाख ३२ हजार, युनाइटेड इन्स्योरेन्सले १ अर्ब ५४ करोड ८८ लाख २० हजार, प्रिमियर इन्स्योरेन्सको २ अर्ब १४ करोड ३१ लख ५८ हजार र एभरेष्ट इन्स्योरेन्सको १ अर्ब २२ करोड ३० लाख ९१ हजारको व्यवसाय भएको छ ।

प्रभु इन्स्योरेन्सले १ अर्ब ३५ करोड ७४ लाख ८० हजार, आईएमई जनरल इन्स्योरेन्सले १ अर्ब ७७ करोड ८ लाख ७६ हजार, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३३ करोड ५३ लाख ११ हजार र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब ५८ करोड ४३ लाख ३२ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यो अवधिमा एनएलजी इन्स्योरेन्सले २ अर्ब ३७ करोड १० लाख ७२ हजार रुपैयाँको व्यवसाय गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको व्यवसाय २ अर्ब ६१ करोड ५२ लाख ८४ हजार, जनरल इन्स्योरेन्सको ९ करोड १२ लाख ४५ हजार रुपैयाँ, अजोड इन्स्योरेन्सको १ अर्ब ६६ करोड ८३ लाख ८७ हजार र सानीमा जनरल इन्स्योरेन्सको १ अर्ब ४४ करोड २ लाख ७१ हजारको व्यवयास गरेको छ ।