Dhulikhel Eco Banner new

जेमिनी रिसाइकलले आईपीओ निकाल्दै

221
shares

काठमाडौं, ३१ साउन । जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। मोरङको बुढीगंगा–५, हात्तीमुढामा सम्पन्न कम्पनीको विशेष साधारण सभाले कुल ५० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले १०० रुपैयाँ अंकित मूल्यमा ९० रुपैयाँ प्रिमियम थप गरी संस्थापक शेयरको मूल्य प्रतिकित्ता १९० रुपैयाँ कायम गर्ने निर्णयसमेत गरेको छ।ईभी ब्याट्री रिसाइकल गर्ने तयारीहाल पुराना ब्याट्री, प्लास्टिक, आल्मुनियम र कपर स्क्र्याप प्रशोधन गर्दै आएको कम्पनीले अब प्रयोग भइसकेका विद्युतीय सवारीसाधन (ईभी) का ब्याट्री रिसाइकल गर्ने योजना अघि सारेको छ।

कम्पनीले आधुनिक प्रविधिमार्फत पुराना ईभी ब्याट्रीबाट उपयोगी कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ। नेपालमा ईभीको प्रयोग बढ्दै गएसँगै भविष्यमा पुराना ब्याट्री व्यवस्थापनको आवश्यकता बढ्ने भएकाले यसलाई कम्पनीले नयाँ व्यवसायिक अवसरका रूपमा लिएको हो।

भारतमा हुँदैछ उत्पादन निर्यातजेमिनी रिसाइकलले पुराना ब्याट्रीबाट रिमेल्टेड तथा रिफाइन्ड लिड उत्पादन गर्दै आएको छ। त्यस्तै, आल्मुनियम र कपर स्क्र्याप प्रशोधन तथा पुराना प्लास्टिकबाट दाना र चिप्स उत्पादन गरिरहेको छ।

कम्पनीका अधिकांश उत्पादन भारतीय बजारमा निर्यात हुँदै आएका छन्। फोहोरलाई औद्योगिक कच्चा पदार्थमा रूपान्तरण गर्दै आएको कम्पनीले यसबाट व्यापार घाटा न्यूनीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरेको छ।

‘सफा शहर’ का लागि डिजिटल योजनाकम्पनीले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै सार्वजनिक–निजी साझेदारी मोडलमा काम गर्ने योजना बनाएको छ। घर, कार्यालय तथा उद्योगबाट निस्कने फोहोर व्यवस्थित रूपमा संकलन गर्न मोबाइल एप सञ्चालन गर्ने तयारीसमेत कम्पनीको छ।

एपमार्फत घरदैलोबाट फोहोर संकलन गरी प्रशोधन केन्द्रसम्म पुर्‍याउने र व्यवस्थित रिसाइकलिङमार्फत स्वच्छ शहर निर्माणमा योगदान गर्ने कम्पनीको दीर्घकालीन योजना रहेको छ।आईपीओमार्फत सर्वसाधारणलाई लगानीको अवसर दिँदै जेमिनी रिसाइकलले रिसाइकलिङ व्यवसाय विस्तार र ईभी ब्याट्री प्रशोधनमा लगानी बढाउने लक्ष्य लिएको छ।