जीवित एक्स्पो २०२६ सफलतापूर्वक सम्पन्न
वि.सं.२०८३ साउन ३१ आइतवार १०:४४
shares

काठमाडौं, ३१ साउन । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा शनिबार काठमाडौंमा ‘जीवित एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य, सौन्दर्य, पोषण तथा दैनिक जीवनसँग सम्बन्धित उत्पादन तथा सेवाबारे जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित एक्स्पोमा विभिन्न ब्रान्डका उत्पादनको प्रदर्शनीसँगै ब्रान्डिङ, व्यवसायिक सम्भावना तथा सहकार्यका अवसरबारे जानकारी दिइएको थियो।
एक्स्पोमा विभिन्न ब्रान्डसँग सहकार्य तथा व्यवसाय गर्न इच्छुक व्यवसायी, वितरक र इन्फ्लुएन्सरहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले बजारमा उपलब्ध नयाँ उत्पादन, व्यवसाय विस्तारका सम्भावना तथा विभिन्न ब्रान्डसँग जोडिन सकिने अवसरबारे जानकारी लिएका थिए।
एक्स्पोको प्रमुख आकर्षणका रूपमा ग्लोरियस स्किन केयर रहेको थियो। केही समयअघि बजारमा आएको ग्लोरियसले नयाँ ब्रान्डिङ, प्याकेजिङ र परिष्कृत स्वरूपसहित आफ्ना ११ वटा उत्पादन एक्स्पोमार्फत सार्वजनिक गरेको हो। डर्मेटोलोजिस्टबाट परीक्षण गरिएको दाबी गरिएको ग्लोरियसले स्किन केयर क्षेत्रमा उपभोक्तामाझ आफ्नो पहिचान विस्तार गर्दै गएको आयोजकले जनाएको छ।
त्यस्तै, पेप्सीकोला–सनसिटी रोडस्थित स्मार्ट हेल्थ क्लिनिकका सेवा तथा विशेषताबारे पनि एक्स्पोमा जानकारी दिइएको थियो। स्वास्थ्यसम्बन्धी विभिन्न सेवा तथा सुविधाबारे सहभागीलाई जानकारी दिँदै क्लिनिकलाई भरपर्दो स्वास्थ्य सेवाको विकल्पका रूपमा प्रस्तुत गरिएको थियो।
एक्स्पोमै बालबालिकालाई लक्षित ‘मिन्जी’ मल्टिभिटामिन पनि सार्वजनिक गरिएको थियो। क्यान्डी फ्लेभरमा उपलब्ध मिन्जी बालबालिकाले सहज र स्वादिलो रूपमा सेवन गर्न सक्ने गरी तयार गरिएको उत्पादनका रूपमा प्रस्तुत गरिएको थियो। बालबालिकाको वृद्धि तथा विकासका लागि आवश्यक पोषणतत्त्व समेटिएको दाबी गरिएको मिन्जीले अभिभावकको समेत ध्यान आकर्षित गरेको थियो।
यसैगरी, बीआईएम ब्रान्डको पाउडर बेस्ड मिल्क प्रडक्ट पनि एक्स्पोमा सार्वजनिक गरिएको थियो। अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय मिल्क प्रडक्टका रूपमा प्रस्तुत गरिएको बीआईएमले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य लिएको जनाइएको छ।
दैनिक जीवनमा आवश्यक पर्ने पूजापाठ तथा धार्मिक सामग्रीको सहज उपलब्धताका लागि सञ्चालनमा रहेको ‘पूजा पाठ’ अनलाइन डेलिभरी सिस्टमबारे पनि एक्स्पोमा जानकारी दिइएको थियो। जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने विभिन्न धार्मिक तथा पूजासम्बन्धी सामग्री घरमै डेलिभरी गर्ने यसको अवधारणाबारे सहभागीलाई जानकारी गराइएको थियो।
त्यस्तै, स्वास्थ्यसम्बन्धी विभिन्न सामग्रीको बिक्री तथा वितरण गर्दै आएको स्मार्ट हेल्थ मार्टका सेवा तथा उत्पादनबारे पनि एक्स्पोमा जानकारी दिइएको थियो। समग्रमा, ‘जीवित एक्स्पो २०२६’ स्वास्थ्य, सौन्दर्य, पोषण तथा दैनिक जीवनसँग सम्बन्धित विभिन्न ब्रान्ड र उत्पादनलाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्ने प्रभावकारी माध्यम बनेको आयोजकको भनाइ छ। नयाँ उत्पादनको सार्वजनिकरणसँगै व्यवसायी, वितरक, इन्फ्लुएन्सर तथा सम्भावित साझेदारबीच सहकार्यका नयाँ अवसर सिर्जना गर्न एक्स्पो सफल भएको जनाइएको छ।
विभिन्न ब्रान्डको सहभागिता, व्यवसायिक सम्भावनाबारे जानकारी, इन्फ्लुएन्सरको उपस्थिति तथा नयाँ उत्पादनहरूको सार्वजनिकरणसँगै भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडद्वारा आयोजित ‘जीवित एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।














