एसीटीसी इनर्जीले गर्यो १५० भन्दा बढी सवारीसाधनको निःशुल्क ब्याट्री परीक्षण
वि.सं.२०८३ साउन ३१ आइतवार १०:३५
shares

काठमाडौं, ३१ साउन । नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको एसीटीसी इनर्जी इन्डस्ट्रिज प्रा.लि.ले मकानु पेट्रोल पम्पमा चारदिने निःशुल्क सवारीसाधन ब्याट्री परीक्षण अभियान सम्पन्न गरेको छ।
कम्पनीका अनुसार साउन २५ देखि २८ गतेसम्म सञ्चालन भएको अभियानमा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण गरिएको थियो। अभियानअन्तर्गत पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनका ब्याट्रीको हेल्थ र समग्र कार्यक्षमता परीक्षण गरी सवारीधनीलाई आवश्यक जानकारी तथा सुझावसमेत प्रदान गरिएको थियो।
नेपालमै उत्पादित एसीटीसी राइड तथा एसीटीसी इनर्जी ब्रान्डका ब्याट्रीको प्रवर्द्धनसँगै ग्राहकलाई प्रत्यक्ष सेवा दिने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ। अभियानमा सवारीधनीको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो।
अभियानबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै एसीटीसी इनर्जीले आगामी दिनमा पनि विभिन्न स्थानमा निःशुल्क ब्याट्री परीक्षण तथा ग्राहककेन्द्रित कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको कम्पनीले आफ्ना उत्पादन तथा सेवामार्फत नेपाली उपभोक्तालाई भरपर्दो र प्रभावकारी समाधान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।














