Dhulikhel Eco Banner new

नायमा एक्स्पोमा टीभीएसका नयाँ एनटर्क १५० र आरटीएक्स ३००, के छन् विशेषता ?

416
shares

काठमाडौं, ३१ साउन। काठमाडौंमा जारी नायमा मोबिलिटी एक्स्पो २०२६ मा टीभीएस मोटर्सले विभिन्न दुईपांग्रे सवारीसाधन प्रदर्शन गरेको छ। एक्स्पोमा टीभीएसले हालै नेपाली बजारमा सार्वजनिक गरेको एनटर्क १५० हाइपर स्कुटर र नेपालमा पहिलोपटक प्रदर्शन गरिएको आरटीएक्स ३०० एड्भेन्चर टुररलाई समेत प्रस्तुत गरेको छ।

१५० सीसी हाइपर स्कुटरको नयाँ श्रेणी निर्माण गर्ने लक्ष्यसहित ल्याइएको एनटर्क १५० मा क्वाड प्रोजेक्टर हेडलाइट, नेकेड ह्यान्डलबार, ट्र्याक्सन कन्ट्रोल सिस्टम र एबीएसजस्ता प्रविधि उपलब्ध छन्। रेसिङ विङलेट्स तथा रेसिङ डाइनामिक्सले यसको स्पोर्टी डिजाइन र प्रदर्शनलाई थप आकर्षक बनाएको कम्पनीको दाबी छ।

प्रदर्शनतर्फ एनटर्क १५० ले १४।२ एनएम टर्क र ९।७ किलोवाट पावर८ उत्पादन गर्छ। कम्पनीका अनुसार परीक्षणका क्रममा यसले प्रतिलिटर ५० किलोमिटरसम्मको माइलेज८ दिएको छ। १२ इन्चको पाङ्ग्रा, ट्र्याक्सन कन्ट्रोल र एबीएसका कारण स्कुटरलाई शहरी सडकसँगै विभिन्न सडक अवस्था तथा अफरोड ट्रेलमा समेत प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

टीभीएसले एनटर्क १५० लाई दैनिक आवागमनका साथै फरक किसिमको राइडिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गरेको जनाएको छ। वर्षायाममा भिजेका सडक तथा शहरका व्यस्त सडकमा समेत राम्रो नियन्त्रण र सहज राइडिङ अनुभव दिने गरी यसको प्रविधि तथा डिजाइन तयार गरिएको कम्पनीको दाबी छ।

यस्तै, एक्स्पोको हल बी मा टीभीएसले ८आरटीएक्स ३०० एड्भेन्चर टुरर लाई नेपालमा पहिलोपटक प्रदर्शन गरेको छ। लामो समयदेखि नेपाली बजारमा प्रतीक्षा गरिएको यो मोटरसाइकल छिट्टै बिक्रीका लागि उपलब्ध गराउने तयारीमा कम्पनी रहेको जनाएको छ।

आरटीएक्स ३०० लाई लामो दूरीको यात्रा र एड्भेन्चर राइडिङलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीको भनाइ छ। पोखरा–जोमसोम, काठमाडौं–नारायणगढ तथा महेन्द्रनगरसम्मका लामो दूरीका सडकसँगै विभिन्न एड्भेन्चर रुटका लागि यसलाई लक्षित गरिएको छ।

आरटीएक्स ३०० को प्रदर्शनसँगै टीभीएसले नेपाली बजारमा एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा समेत आफ्नो उपस्थिति विस्तार गर्ने तयारी गरेको देखिएको छ। एनटर्क १५० मार्फत हाइपर स्कुटर र आरटीएक्स ३०० मार्फत एड्भेन्चर टुरिङ सेग्मेन्टमा प्रवेश विस्तार गर्दै कम्पनीले फरक राइडिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गरेको जनाएको छ।

टीभीएसका अनुसार नयाँ उत्पादनहरूमा उच्च प्रदर्शनसँगै आधुनिक प्रविधि र व्यावहारिक प्रयोगलाई प्राथमिकता दिइएको छ। नायमा मोबिलिटी एक्स्पोमा यी नयाँ मोडलको प्रदर्शनले नेपाली दुईपांग्रे बजारमा थप नयाँ विकल्प थपिएको छ।

एनटर्क १५० र आरटीएक्स ३०० का विशेषता, प्रदर्शन तथा नेपाली बजारमा उपलब्धताबारे टीभीएसका प्रतिनिधिसँग केटिएम भ्वाइस ले गरेको कुराकानी भिडियोमा हेर्न सकिन्छ।