Dhulikhel Eco Banner new

सेयर कारोबारमा ढिलाइ गरेको भन्दै ब्रोकर नम्बर ७३ तीन दिनका लागि निलम्बित

1.38K
shares

काठमाडौं, १० मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मनी वर्ल्ड सेयर एक्सचेन्ज प्रालि (ब्रोकर नम्बर ७३) लाई तीन कारोबार दिनका लागि निलम्बन गरेको छ । काठमाडौंको पुतलीसडकमा रहेको उक्त ब्रोकर कम्पनीलाई नेप्सेले अस्थायी रूपमा कारोबारबाट निलम्बन गरेको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसपछि नेप्सेले आज उक्त निर्णय गरेको हो । कम्पनीले तोकिएको समयभित्र भुक्तानी तथा हिसाब मिलानसम्बन्धी काम पूरा नगरेको भन्दै सीडीएससीले कारबाहीका लागि सिफारिस गरेको थियो ।

सोही ढिलाइका कारण नेप्सेले सञ्चालनसम्बन्धी नियमअनुसार कम्पनीको सेयर कारोबार तीन कार्यदिनका लागि रोक्ने निर्णय गरेको जनाएको छ ।

निलम्बन अवधिभर मनी वर्ल्ड सेयर एक्सचेन्जमार्फत ग्राहकले सेयर खरिद–बिक्री गर्न पाउने छैनन् । तर, उक्त अवधिमा कारोबार गर्न चाहने ग्राहकका लागि कम्पनीले नियामकीय व्यवस्थाअनुसार अन्य ब्रोकर कम्पनीमार्फत सेयर खरिद–बिक्री गर्न सक्ने सुविधा मिलाउनुपर्नेछ ।