Dhulikhel Eco Banner new

लागूऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न नमिल्ने : सांसद कार्की

4.29K
shares

काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टिका सांसद तोसिमा कार्कीले लागू औषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्लिे हेर्न नमिल्ने बताएकी छन् । सोमबार बसेको प्रतिनधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद कार्कीले लागू औषध प्रयोगकर्तालाई अपराध मानिहाल्न नहुने बताइन् ।

उनले भनिन् ‘ हाम्रो मुख्य समस्या भनेकै लागपदार्थ प्रयोगकर्तालाई मनोसामाजिक समस्या भन्दा पनि अपराधको मान्नु हो । आज सम्म पनि सुधार गृहहरु गृहमन्त्रालय अन्तर्गत रहेका छन् । अपराधी सरह व्यहार गर्ने हो भने यो समस्या बढिरहन्छ। लागू औषध कारोवारी र प्रयोगकर्तालाई एउटै दृष्लिे हेर्न मिल्दैन् । सुधार गृहलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्याउन जरुरी छ र बजेटमा पनि समावेश गरिनुपर्छ । ’