Dhulikhel Eco Banner new

ब्रोइलर चल्लाको उत्पादन र बिक्री असार २३ देखि सात दिनका लागि बन्द

1.4K
shares

काठमाडौं, २२ असार । नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर तथा कलर बोइलर (कोइलर) चल्लाको उत्पादन तथा विक्री वितरण एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ।

संघले शुक्रवार बसेको विशेष भेलाको सर्वसम्मत निर्णय अनुसार पोल्ट्री व्यवसायमा उत्पन्न विषम परिस्थितिलाई सुधार गर्ने उद्देश्यले असार २३ गते सोमबारदेखि असार २९ गतेसम्म चल्लाको उत्पादन तथा विक्री वितरण पूर्ण रुपमा नगर्न सदस्य उद्योगहरूलाई आग्रह गरेको छ।

संघद्वारा जारी सूचनाअनुसार, “विगत केही महिनादेखि पोल्ट्री व्यवसायमा देखिएको संकट समाधान गर्न तथा व्यवसायलाई सन्तुलित बनाउने प्रयासस्वरूप सात दिनका लागि चल्ला उत्पादन र बिक्री वितरण नगर्नरनगराउन सम्पूर्ण सदस्य उद्योगहरूलाई अनुरोध गरिएको छ।”