एफपिओ निष्कासनका लागि हिमालयन बैंकले पायो अनुमति
वि.सं.२०८२ असार २२ आइतवार १८:०६
2.11K
shares
shares

काठमाडौं, २२ असार । हिमालयन बैंकले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्कासनका लागि अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले एफपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।
बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्नेछ । एफपीओ बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल रहेको छ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणका लागि न्यूनतम ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था छ ।
सो व्यवस्था अनुसार ३० प्रतिशत पुर्याउनका लागि बैंकले एफपीओ जारी गर्न लागेको हो ।



















