विकास हाइड्रोपावरको आईपीओमा ८.७ गुणा बढी माग, अधिकांश लगानीकर्ताको हात रित्तो
वि.सं.२०८२ असार २२ आइतवार १८:१२
shares

काठमाडौं, २२ असार । विकास हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ)मा ८.७ गुणा बढी आवेदन परेको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतवारसम्म कम्पनीको आईपीओमा २१ लाख २० हजार ८५७ जना लगानीकर्ताले आवेदन दिएका छन्।
उनीहरूले कुल २ करोड ५६ लाख २७ हजार ११० कित्ता शेयर माग गर्दै आवेदन दिएका हुन्। कम्पनीले सर्वसाधारणका लागि जम्मा २९ लाख ४२ हजार ७६० कित्तामात्रै शेयर निष्कासन गरेको हो।
शेयर बाँडफाँट गर्दा करिब २ लाख ९४ हजार २७६ जना भाग्यशाली लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। बाँकी १८ लाखभन्दा बढी आवेदकको हात रित्तै हुनेछ ।
कम्पनीले धितोपत्र बोर्डको स्वीकृतिअनुसार प्रत्येक कित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको हो। कम्पनीले पुँजी संकलन गरी निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा लगानी गर्ने योजना सार्वजनिक गरेको छ।



















