नेपोसको अध्यक्षमा प्रेम परियार चयन, हेर्नुस् यस्तो बन्यो नयाँ कार्यसमिति
वि.सं.२०८२ पुस ११ शुक्रवार ११:१९
shares

नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको अध्यक्षतामा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। आफ्नै सकृयतामा बनेको संस्थाको अध्यक्षमा उनी चयन भएका हुन् । अधिवेशन डिसेम्बर २५, २०२५ का दिन ओस्लोस्थित नेपाली हाउस नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको हो।
नवगठित कार्यसमितिमा उपाध्यक्षका रूपमा महेन्द्र खड्का, सम्झना शर्मा बराल र जीवन भट्टराई चयन भएका छन्। महासचिवमा प्रवर्ता पन्थी गैह्रे, सचिवमा नारायण सुवेदी र कोषाध्यक्षमा युवराज खनाल चयन भएका छन्। त्यसैगरी युवा संयोजकमा मदन कँडेल र महिला संयोजकमा निर्मला सापकोटा ‘निरु’ चयन भएकी छन्।

सदस्यहरूमा जीवनहरी काफ्ले, प्रकाश काफ्ले, एम कुमार लिम्बु, सुरज श्रेष्ठ, शालिकराम ढुंगाना, राम बहादुर पुन, सिम बहादुर गुरुङ, ओमकार थापा, पुष्पा तामाङ, धन बहादुर तामाङ, भेषराज सापकोटा र रबिन उपाध्याय चयन भएका छन्।
नवनियुक्त अध्यक्ष प्रेम बहादुर परियारले शुभकामना मन्तव्य दिँदै नेपाली समाज पोर्चुगल सामाजिक संस्था भएकाले राजनीतिलाई संस्थाको दायराबाहिर राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले प्रवासमा रहे पनि जन्मभूमिलाई कहिल्यै नबिर्सने बताउँदै देशलाई अप्ठेरो परेको बेला आपसी सहयोगमार्फत योगदान दिँदै आएको उल्लेख गरे। “२५र२७ कार्यकालका लागि हामीलाई दिएको जिम्मेवारीप्रति सबैप्रति धन्यवाद व्यक्त गर्दछु। विगतभन्दा फरक र समाजले देख्ने तथा महसुस गर्ने खालका काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने।
अधिवेशनकी प्रमुख अतिथि एनआरएनए नर्वेकी अध्यक्ष श्रद्धा सिंह थापाले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै नेपाली समाज पोर्चुगल–नर्वेले अझ प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरिन्।
अधिवेशनमा नर्वेमा रहेका पोर्चुगलबासी नेपालीहरू तथा विभिन्न नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। निर्वाचन समितिका अनुसार हाल नेपाली समाज पोर्चुगल (नेपोज) मा करिब १९२ जना साधारण सदस्य रहेका छन्।

















