Dhulikhel Eco Banner new

लुम्बिनी विकास बैंकको शेयर बिक्रीमा

3.12K
shares

काठमाडौं, २८ पुस । लुम्बिनी विकास बैंक लिमिटेडले शेयर बिक्रीमा राखेको छ । संस्थापक शेयरधनी कान्छा गुरुङको १ लाख कित्ता र प्रकाश मान श्रेष्ठको २० हजार ९० कित्ता गरी कुल १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीमा राखेको छ।

बैंकले यसअघि मंसिर २१ गते शेयर बिक्री खुला गरी बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई खरीद आह्वान गरेकोमा कुनै पनि शेयरधनीबाट निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

अतः सो शेयर किन्न इच्छुक सर्वसाधारणले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।