हिमालयन बैंकको शेयर बिक्रीमा
वि.सं.२०८२ पुस २८ सोमवार ०९:५८
shares

काठमाडौं, २८ पुस । हिमालयन बैंक लिमिटेडले शेयर बिक्रीमा राखेको छ । पाँच जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
बैंकले शेयरधनी जीत कुमार श्रेष्ठको २० हजार ४८२.०८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २९७ कित्ता, घनमान बज्रचार्यको १९ हजार ४९२.१३ कित्ता, तुलसी राम नेपालको ७ हजार ४०९.५६ कित्ता, हरि प्रसाद प्रसाईंको ५ हजार २८८.८९ कित्ता र जयन्तकुमार अग्रवालको १०० कित्ता शेयर बिक्रीमा राखेको हो।
संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता सम्बन्धित कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने प्रावधान भएकाले हाल यो शेयरमा शेयरधनीले मात्रै खरीद गर्न सक्नेछन्।
इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कानून विभागमा निवदेन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।



















