Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशबाट छनौट गरी ७५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

3.11K
shares

काठमाडौं, २१ माघ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सूचना प्रकाशित गरे बमोजिम बैंकले छात्रवृत्ति प्रदान गर्न सुरु गरेको छ ।

बैंकले काठमाडौं उपत्यका बाहिरको सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुबाट आएका आवेदनहरुबाट छनौट गरी ७५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

बैंकले सातै प्रदेशमा सरकारी तथा सामुदकायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको थियो । विगतका वर्षहरुमा पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।

सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिएको यस छात्रवृत्तिले वनीहरुको शैक्षिक गुणस्तर बढ्नुको साथै व्यक्तित्व विकास तथा आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।