Dhulikhel Eco Banner new

बिपिडब्लु लघुवित्तले आईपीओ निष्काशन गर्दै

5.99K
shares

काठमाडौं, १६ असार । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले रू.१०० अंकित दरको ९७ हजार हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत असार ८ गते सेबोनमा निवेदन दिएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

सेबोनबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी २ करोड ३ लाख रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।