Dhulikhel Eco Banner new

आवेगमा आर्थिक निर्णय नगर्नुहोस्ः राष्ट्र बैंक

2.22K
shares

काठमाडौं, ३ चैत । नेपाल राष्ट्र बैंकले पैसासम्बन्धी निर्णय गर्दा आवेग, गलत सूचना वा साथीसाथीको दबाबमा नपर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले ग्लोबल मनी विक २०२६ लाई लक्षित गर्दै सार्वजनिक गरेको वित्तीय सन्देशमा यस्तो सुझाव दिइएको हो।

राष्ट्र बैंकका अनुसार व्यक्तिगत आर्थिक निर्णयहरू बुझाइ र खुला संवादका आधारमा गर्न आवश्यक छ। आवेगमा वा अपूर्ण सूचनाका आधारमा गरिएको निर्णयले आर्थिक जोखिम बढाउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

बैंकले वित्तीय विषयमा जिज्ञासा राख्ने, विज्ञसँग सल्लाह लिने, उपलब्ध विकल्पहरूको तुलना गर्ने तथा सम्भावित जोखिमबारे खुला छलफल गर्ने बानी बसाल्न सुझाव दिएको छ। यस्तो अभ्यासले व्यक्तिको आर्थिक अवस्था सबल बनाउन मद्दत पुग्ने विश्वास राष्ट्र बैंकले व्यक्त गरेको छ।

हरेक वर्ष मनाइने ग्लोबल मनी विक मार्च १८ देखि २४ (चैत ५ देखि ११) सम्म सञ्चालन हुन्छ। यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित वित्तीय साक्षरता अभिवृद्धिमा जोड दिइएको छ।