प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ चैत ३ मंगलवार १०:४७
2.47K
shares
shares

काठमाडौं, ३ चैत । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ४ सयले बढेको हो ।
महासंघका अनुसार सोमवार प्रतितोला ३ लाख ९ हजार ५ सयमा कारोबार भएको छापावाल सुन मंगलवार बढेर प्रतितोला ३ लाख ९ हजार ९ सयमा कायम भएको छ ।
त्यसैगरी, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला ५ हजार २६५ मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला ५ हजार ३३५ रुपैँयामा कायम भएको छ ।


















