Dhulikhel Eco Banner new

लगानी वातावरण जोगाउन व्यवसायीलाई नथुनौँः नाडा

858
shares

काठमाडौं, १६ वैशाख । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले हालै विकसित घटनाक्रमप्रति प्रतिक्रिया जनाउँदै निजी क्षेत्रको मनोबल र लगानीको वातावरण जोगाउन सरकारको ध्यानाकर्षण गराएको छ।

संस्थाले जारी गरेको विज्ञप्तिमा आफ्ना पूर्वअध्यक्ष शेखर गोल्छासँग सम्बन्धित विषय उल्लेख गर्दै प्रतिष्ठित व्यवसायीहरूमाथि गरिने व्यवहारले समग्र उद्योग–व्यवसाय क्षेत्रमा असर पार्ने बताएको छ। नाडाका अनुसार यस्ता घटनाले लगानीकर्तामा नकारात्मक सन्देश जाने र निजी क्षेत्रको आत्मविश्वास कमजोर बन्ने खतरा रहन्छ।

नाडाले छानबिन प्रक्रिया निष्पक्ष र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिँदै अनुसन्धानमा निजी क्षेत्र सधैं सहकार्य गर्न तयार रहेको स्पष्ट पारेको छ। तर, अनुसन्धानकै नाममा व्यवसायीलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने प्रवृत्तिले लगानीमैत्री वातावरणमा अवरोध सिर्जना गर्ने चेतावनी दिइएको छ।

विज्ञप्तिमा यस्ता गतिविधिले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रास फैलाउन सक्ने उल्लेख गर्दै सरकारले अघि सारेको लगानीमैत्री नीतिमा समेत प्रभाव पार्न सक्ने जनाइएको छ।

यसै सन्दर्भमा नाडाले नेपाल सरकारसँग शेखर गोल्छाको विषयमा पक्राउ नगरी छानबिन अघि बढाउन आग्रह गरेको छ। दोष प्रमाणित नभएसम्म व्यक्तिको प्रतिष्ठा र आत्मसम्मानको संरक्षण गर्नुपर्नेमा संस्थाले जोड दिएको छ।

नाडाले निजी क्षेत्रलाई सुरक्षित र भरोसायोग्य वातावरण उपलब्ध गराउँदै आर्थिक विकासमा सहकार्य गर्न सरकारसँग पुनः आग्रह गरेको छ।